Government of Nepal
Ministry of Forests and Environment
Department of Forests and Soil Conservation
Basin Management Center, Gandaki





 नागरिक वडापत्र

केन्द्रको सेवा तथा काम कर्तव्य र अधिकार

बृहत् जलाधार व्यवस्थापन केन्द्रको सेवा तथा काम कर्तव्य र अधिकार
- संघिय आयोजना परिआयोजनाहरुको नेतृत्व प्रदान गर्ने र अन्य आयोजना परिआयोजनाहरुलाई आवश्यक सहयोग , समन्वय , तथा व्यवस्थापन गर्ने ।
- भू तथा जलाधार संरक्षण सम्वन्धि प्रविधि विकास , प्रदर्शन एवं प्रचार प्रसार कार्य गर्ने र भू तथा जलाधार व्यवस्थापन कार्यालयहरुमा आवश्यकतानुसार प्रविधि हस्तान्तरण सहयोग एवं समन्वय गर्ने ।
- संवेदाशी तथा राष्ट्रिय महत्वका जलाधार व्यवस्थापन सम्बन्धी आबश्यक ज्ञान , सीप , प्रविधि तथ नीति तर्जुमाका लागि आवश्यक सूचना तथ्यांक तीनवटै तहका सरकारलाई उपलब्ध गराउने ।
- संघीय नीति, ऐन ,कानून,निर्देशिकाहरुको कार्यान्वयन तथा नियमन गर्ने ।
- ऋाकष्मिक बाढी पहिरो भूस्खलन जस्ता प्राकृतिक प्रकोपहरुको असरलाई न्यूनीकरण गरी व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारसंग समन्वय गरी कार्यक्रम सञ्चालन गर्न गराउन सहयोग गर्ने ।
- बृहत् जलाधार स्तरीय आयोजना ,परियोजनाहरु निर्माण गर्न संघीय सरकारलाई सहयोग गर्ने ।
- बृहत् जलाधार क्षेत्र अन्तर्गत जलाधार उपजलधारहरुको तथ्यांक तथा सूचना –एटलस तयार गरी) सम्बन्धित संघिय विभागबाट स्वीकृत गराउने र जलाधार उपजलधार आधारमा कार्यक्रम सञ्चालन समेत गर्ने गराउने ।
- यस केन्द्रसंग सम्बन्धित अन्य संघ संस्थाहरुसंग समन्वय  सहकार्य गर्ने ।
- संघीय कार्यालयले तोकेका अन्य कार्यहरु र प्रदेश स्थानीय तहबाट माग भै आएका विषयहरुमा पनि सहयोग गर्ने ।
- बृहत् जलाधार क्षेत्र अन्तर्गत रहेका ठूला स्तरका जोखिमयुक्त पहिरो , बस्तीहरु पहिचान
गर्ने , योजना तर्जुमा गर्ने र कार्यान्वयन गर्ने ।
- जलवायु परिवर्तनका कारण जलाधारीय श्रोतहरु ( जल , जमिन, जंगल ,जनावर, जनता ..... ) मा परेको असरलाई सम्बोधन गर्न जलवायु अनुकूलन  परिवर्तन अनुकूलन   समानुकूलनका कार्यक्रहरु सञ्चान गर्ने , गराउने ।
- उपल्लो तटीय तथा तल्लो तटीय जलाधारक्षेत्र सम्बन्ध , व्यवस्थापन, उपयोग र महत्व प्रदर्शन स्थल निर्माण

© 2024 All Right Reserved Basin Management Center, Gandaki

Maintained by Config Nepal.