नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको वन तथा भू–संरक्षण विभाग अन्तर्गतको नेपाल अधिराज्यभरि रहेका कोशी,गण्डकी,कर्णाली र महाकाली गरि ४ वटा बृहत् जलाधार क्षेत्रमध्ये बृहत् जलाधार व्यवस्थापन केन्द्र,गण्डकी पनि एक हो । यस बृहत् जलाधार व्यवस्थापन केन्द्र अन्तर्गत रौतहट, बारा, पर्सा, ललितपुर, भक्तपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर ,चितवन, गोरखा, लम्जुङ, तनहुँ, स्याङ्जा, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, नवलपरासीपूर्व, गुल्मी, पाल्पा, नवलपरासीपश्चिम, रुपन्देही, कपिलवस्तु र अर्घाखाँची गरि जम्मा २८ जिल्लाहरु पर्दछन् । यस बृहत् जलाधार व्यवस्थापन केन्द्रको क्षेत्रफल ४३,३९९.८६ वर्ग कि.मी. रहेको छ ।
२०७५ साल आश्विन २६ गतेका दिन गण्डकी प्रदेश, कास्की, पोखरामा यस केन्द्रको स्थापना भै हालसम्म अनवरतरुपमा जलाधार व्यबस्थापन सम्बन्धि सेवाहरु संचालन हूंदै आएका छन् ।
कार्यक्षेत्र
© 2022 All Right Reserved Basin Management Center, Gandaki
Development by